नियम २४
अभियोगपत्र दायर गर्ने
(१) सम्बन्धित सरकारी वकिल कार्यालयवाट मुद्दा दायर गर्ने गरी राय प्राप्त भएमा ऐनको दफा २० को अधीनमा रही अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष अभियोग पत्र दायर गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभियोगपत्रमा देहायका कुराहरु खुलाउनु पर्नेछः–
(क) अभियुक्तको नाम, थर वतन (स्थायी, अस्थायी तथा सम्पर्क ठेगाना, टेलिफोन, इमेल)
(ख) आरोप वा अभियोग लगाइएको विषय तथा तथ्यहरु,
(ग) सम्बद्ध कानून,
(घ) कानून तथा तथ्यको विश्लेषण,
(ङ) अपराधका तत्वहरु,
(च) राजस्व चुहावट गरेको यथार्थ विवरण (रकम समेत खुलाउने),
(छ) राजस्व चुहावट सम्बन्धी कसूरको मात्रा निर्धारण गर्ने आधार,
(ज) सजायको माग दावी,
(झ) अन्य प्रासङ्गिक कुराहरु ।
(३) उपनियम (१) बमोजिम अभियोगपत्र दायर गरे पश्चात प्राप्त थप प्रमाणका आधारमा कुनै व्यक्ति उपर अभियोग लगाउनु पर्ने भएमा यसै नियमावली बमोजिमको प्रकृया पूरा गरी थप अभियोगपत्र दायर गर्न सकिनेछ ।
(४) अभियोगपत्रको ढाँचा अनुसूची–२३ बमोजिमको हुनेछ ।